इलाम ।
देशकै पुरानो नगरपालिका मध्येको एक इलाम नगरपालिका प्रमुखमा एमालेका उम्मेद्धार धिरेन चेम्जोङ र नेपाली कांग्रेसका केदार थापा बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । इलाम नगरप्रमुखमा ६ जनाको उम्मेद्धारी परेको भएपनि चेम्जोङ र थापालाई प्रतिस्पधीको रुपमा इलाम बासीले लिएका छन ।
नगरको प्रमुख पदमा सत्ता गठबन्धन भित्रको जनता समाजवादी पार्टीका गोपालबहादुर सोराली मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका मायादेवी भण्डारी, मंगोल नेशनल अर्गनाइजेसनका बुद्धबहादुर लोक्ताम र स्वतन्त्र फणीन्द्र न्यौपाने चुनावी प्रतिस्पधामा उत्रिएका छन ।
सत्तारुढ कांग्रेस इलाम नगरको नेतृत्व लिदै इतिहास पल्टाउने दाउमा छ । पञ्चायतकालीन समय २०४३ सालमा , २०४९ सालमा कांग्रेसको नेतृत्वमा रहेको इलाम नगरपालिका २०५४ मा आइपुग्दा नेकपा एमालेले नेतृत्व लियो । २०७४ सालमा नेकपा एमाले र कांग्रेस बीच नै कडा प्रतिस्पर्धा भयो र एमालेले नेतृत्व जमाएको थियो । २०७४ को निर्वाचनमा इलाम नगरपालिका प्रमुखमा नेकपा एमाले बाट उम्मेद्धार बनेका महेश बस्नेतले ११ हजार ३३ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका हिमालय कर्मचार्यले ९ हजार २ सय ६८ मत प्राप्त गरेका थिए भने नेकपा माओवादी केन्द्रले प्रमुखमा ९ सय ६३ मत ल्याएको थियो । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनमा कांग्रेस आफ्नो जित निकाल्ने दाउमा छ भने नेकपा एमाले आफ्नो साख जोगाउने कसरतमा छ । एमालेबाट विभाजन भएर एकीकृत समाजवादी बनेकाले इलाममा २०७४ सालको भन्दा यसपटक मत घट्ने देखिन्छ । नेकपा एकीकृत समाजवादी सहितका तीन दल एउटै चुनावी मोर्चामा उभिएका छन ्।
आसन्न स्थानीय तह निर्वाचनमा इलाम नगर प्रमुख पदमा नेकपा एमाले बाट उम्मेद्धार बन्नु भएका चेम्जोङ कृषि उत्पादन वृद्धि गरी ब्रान्डिङ गरेर अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्ने , चिया तथा दुग्ध उद्योगीलाई विद्युत महसुलमा सहुलियत प्रदान गर्ने , इलामलाई शैक्षिक हबको रुपमा विकास गर्ने , सबै वडामा कालोपत्रे सडक सञ्जाल विस्तार, गर्ने योजना लिएर मतदाताको घरदैलोमा पुग्नु भयो । पत्रकारीता र खेलकुदमा उर्जाशील समय गुजार्नु भएका चेम्जोङ विद्यार्थीकाल देखि नै राजनीतिमा लाग्नु भएको थियो । नेपाल पत्रकार महासंघ इलामका पुर्व अध्यक्ष चेम्जोङ माइभ्याली फुटवल क्लवको अध्यक्ष हुनुहुन्छ ।
नेपाली कांग्रेस बाट इलाम नगर प्रमुखमा उम्मेद्धार बन्नु भएका केदार थापाले सहभागीतामुलक र योजनाबद्ध दिगो विकासको लागि नमुना नगर स्थापना गर्ने संकल्प सहित मत माग्नु भएको छ । कृषिलाई प्राथमिकतामा राखि व्यवसायिक कृषि तर्फ किसानलाई उत्पेरित गर्न ,
भ्रष्टचार नियन्त्रण, नगरका पिछडिएका वडालाई सदरमुकामसम्म सहज रुपमा सडक संजाल निर्माण ,स्वच्छ खानेपानीको ब्यबस्था , लक्षित बर्गलाई वडा र पालिकाले दिँदै आएको सेवा सुबिधालाई सहज बनाउने ,कर पुनरावलोकन गर्दै दर भन्दा दायरा फराकिलो बनाई दोहोरो कर प्रणालीको अन्त्य गर्ने ,शिक्षाको गुणस्तर वृद्धि गर्दै विश्वविद्यालय सहितको शैक्षिक केन्द्र स्थापना गर्ने ,इलाम अस्पतालमा बिशेषज्ञ डाक्टरको ब्यबस्था गर्ने जस्ता कामहरु गर्ने जनतामाझ मत माग्न पुग्नुभएको थियो ।
थापाले २०३६ सालमा बिद्यार्थी जीवन बाट नै नेपाली कांग्रेसको राजनीति यात्रा तय गर्नु भएको थियो । नेपाली कांग्रेसले नेतृत्व गरेको हरेक आन्दोलनमा नेता थापाको सक्रिय सहभागिता देखिन्छ । उनी पञ्चायतकालमा पनि आन्दोलनमा सक्रिय सहभागी भएर पार्टीलाई चलायमान बनाउन क्रियाशील रहँदै आएका थिए । इलाममा पहिलोपटक चिया रोपण गर्ने कर्नेल गजराज सिंह थापाका सन्तान केदार जनसरोकारका विषयमा काम गर्न रुचाउँछन । राजनितीलाई नै मुख्य कर्म बनाई सामाजिक सेवामा लाग्नु भएका थापा इलाम अस्पताल विकास समितिको नेतृत्व गर्नु भएको थापा निर्माणाधीन इलाम बजार साना शहरी खानेपानी आयोजनाको अध्यक्ष हुनुहुन्छ ।
उपप्रमुखमा पदमा नेकपा एमालेकी सीतादेवी रिजाल , नेपाली कांग्रेसकै विष्णुकुमारी दहाल ,लिम्बु , जनता समाजवादी पार्टीबाट भगीरथा कटेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र चौहान, मंगोल नेशनल अर्जनाइजेशनका सेरगेम तामाङ र स्वतन्त्र डाकप्रसाद गौतम चुनावी मैदानमा छन । उपप्रमुखमा नेकपा एमालेबाट उम्मेद्धार बन्नु भएककी सीतादेवी रिजाल र नेपाली कांग्रेस बाट उम्मेद्धार बन्नु विष्णुकुमारी दहाल (लिम्बु ) बीच प्रतिपर्धा हुने देखिएको छ । रिजाल पार्टी राजनिती सँगै यस अघि इलाम नगरपालिका ५ को वडा सदस्य हुनुहुन्थ्यो भने दहाल पार्टी राजनिती , समाजसेवा र सहकारी अभियान्ताको रुपमा परिचित हुनुहुन्छ ।
प्रतिक्रिया