आमा र बच्चाको राम्रो स्वास्थका लागि गर्भावस्थामा गर्नुहोस् यी व्यायामहरु

आमा र बच्चाको राम्रो स्वास्थका लागि गर्भावस्थामा गर्नुहोस् यी व्यायामहरु

आमा र बच्चाको स्वास्थ राम्रो होस् भन्नाका लागि गर्भवती भएको समयमा डाक्टरले केही विशेष व्यायाम गर्ने सल्लाह दिन्छन् । गर्भवतीको क्रममा महिलाहरुलाई विभिन्न किसिमका समस्याहरुको सामना गर्नु पर्छ । कहिलेकाहिं गर्भवती भएको समयमा व्यायाम नगर्नाले पनि समस्याहरु उत्पन्न हुन्छ । त्यसैले गर्भवती भएको बेला व्यायाम गर्न आवश्यक छ ।

गर्भवतीको क्रममा व्यायाम गर्नाले त्यो समयमा हुने विभिन्न समस्याहरुबाट छुटकारा प्राप्त हुन्छ । व्यायामले शरीरलाई बलियो बनाउन सहयोग गर्छ । त्यसको लागि तपाईं हिँडडुल गर्ने र शारीरिक चलहल गर्नु पर्छ । त्यस्तो प्रकारको व्यायाम हप्तामा तीन पटक गर्न सकिन्छ । व्यायाम गर्दा गर्भवती महिलाले त्यति समयसम्म मात्र व्यायाम गर्नु पर्छ, जबसम्म आफुलाई कम्फर्ट महसुुस हुन्छ ।

तपाईंले आफ्नो शरीर र सुविधा अनुसार नै व्यायाम गर्नु आवश्यक छ किनभने व्यायामको क्रममा तपाईको मुटुको धड्कन सामान्य हुनु पर्छ भन्ने कुराको ध्यान राख्नु महत्वपुर्ण हुन्छ । हामी यहाँ गर्भवती भएको बेला गर्न सकिने केही व्यायामहरुका बारेमा जानकारी दिँदैछौं ।

स्क्वाट्स

यो खुट्टाका लागि निकै राम्रो व्यायाम हो । खुट्टाहरुलाई काँधको बराबर हुने गरी फैलाउने । त्यसपछि आफ्नो ढाडको दिशामा नाइटोलाई भित्रतर्फ तान्ने र पेटलाई टाइट बनाउने । बिस्तारै–बिस्तारै आफ्नो शरीरलाई तलतर्फ झुकाउने । झुकाउने क्रमलाई एक, दुई, तीन, चार गन्तिसम्म जारी राख्ने । त्यसपछि आफ्नो शरीरलाई पहिलाकै अवस्थामा फर्काउनु पर्छ । यो प्रकृयालाई छ पटकसम्म दोहोर्‍याउन सकिन्छ ।

केलेग एक्सरसाइज

केलेग एक्सरसाइज मूत्राशय, गर्भाशय तथा आन्द्रँसंग जोडिएका मांशपेशीहरुलाई मजबूत बनाउनका लागि गरिन्छ । गर्भावस्थाको क्रममा यी मजबूत मांशपेशीहरुको साहराले तपाईंंले आरामले प्रसव पीडालाई सहन सक्नु हुन्छ र शिशूलाई जन्म दिन सक्नु हुन्छ । केलेग गर्नका लागि तपाईंले त्यस्तो सोच्नु पर्छ, जस्तो कि तपाईंले मूत्रको प्रवाहलाई रोक्ने प्रयास गरिरहनु भएको छ ।

त्यस्तो गर्ने बेला तपाईंले पेल्विक फ्लोरका मांशपेशीहरुलाई नियन्त्रण गर्नु हुनेछ । यो गर्ने बेलामा एक देखि छ सम्म गन्ती गन्नु पर्छ । यो प्रकृयालाई १० पटक दोहोर्‍याउन सकिन्छ । यो ब्यायामलाई दिनमा चार पटक गर्नु पर्छ ।

एब्डोमिनल एक्सरसाइज

यो अभ्यासमा पेटका मांशपेशीहरु मजबूत बन्दछन् । जमीनमा खुट्टाहरुलाई मोडेर बस्ने र ढाडलाई बिल्कुल सिधा राख्ने । अब आफ्नो पेटलाई भित्रतर्फ ल्याउने र त्यसलाई टाइट बनाएर १० सेकेण्डसम्म राख्ने । तर, यसो गर्दा के सुनिश्चित गर्नु पर्छ भने तपाईंले सास रोक्नु हुँदैन । त्यसपछि आरमले आफ्नो प्रँरम्भिक अवस्थामा फर्किनु पर्छ । यो प्रकृयालाई दिनमा १० पटक दोहोर्‍याउनु पर्छ ।

क्याट एण्ड क्यामल एक्सरसाइज

यो अभ्यासले तपाईंको ढाड र पेटलाई मजबुत बनाउँछ । यो अभ्यास गर्नका लागि कार्पेटमा हात र घुँडाको साहराले बस्नु पर्छ अर्थात चार हात खुट्टा टेकेर बस्नु पर्छ । यसो गर्दा तपाईंको पेट झुण्डिनु भने हुँदैन । त्यसपछि आफ्नो टाउकोलाई झुकाउनु पर्छ र आफ्नो पेटलाई भित्रतर्फ तान्नु पर्छ । तपाईंको ढाडको हड्डीलाई माथितर्फ तान्नु पर्छ ।

यो अवस्थामा करिव १० सेकेण्डसम्म जारी राख्नु पर्छ । तर, सास फेर्न रोक्नु हुँदैन । अनलाईन खबर बाट ।