logo
  • २०८३ जेष्ठ २, शनिबार | Sat, 16 May 2026
  • खालीपेटमा नखानुस् यी खानेकुरा

    • निगरानी
    • २०७६ कार्तिक १, शुक्रबार ११:०५ गते
    खालीपेटमा नखानुस् यी खानेकुरा

    स्वास्थकर खाद्ययन्न शरीर र स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । तर त्यहि स्वास्थकर खानेकुरा पनि सहि समय र सहि मात्रामा खान जानिएन भने त्यसले शरीर र स्वास्थ्यलाई नकारात्मक असर पुर्‍याउँछ ।कतिपय खानेकुरा अन्य समयमा खादा र खाली पेटमा खादा त्यसको असर नकारात्मक हुनसक्छ ।

    खालीपेटमा खान नहुने खानेकुरा

    केरा: केरा दूधसँग खायो भने बजन बढ्छ तर खाली पेटमा केरा खादा शरीरमा म्याग्रिसियमको मात्रा बढ्न गरी अपच, पेट फुल्ने तथा एसिडको मात्रा बढ्छ ।

    काँचो गोलभेंडाः काँचो गोलभेंडा खाली पेटमा खादा पेट फुल्ने, दुख्ने छाती पोल्ने समस्या उत्पन्न हुन्छ । काँचो गोलभेंगा खाली पेटमा खादा पत्थरी हुने सम्भावना बढी रहन्छ ।

    सखरखण्ड: सखरखण्ड खाली पेटमा खाँदा गयष्ट्रिकको समस्या बढ्छ ।

    सोडा खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । यसका अलावा छाति र आँतमा पनि जलन हुनसक्छ ।

    अल्कोहल :खाली पेटमा अल्कोहल खाँदा छिट्टै नशा लाग्छ । अर्कोतर्फ यसले आँतमा पनि निकै नराम्रो असर पुर्याउँछ ।

    दुध हालेको चिया : खाली पेटमा दुध हालेको चिया खाँदा  पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । बिहानै चिया पिउनै पर्यो भने पनि दूध नहालेको चिया पिउनु उपयुक्त हुन्छ ।



    निगरानी    
  • २०७६ कार्तिक १, शुक्रबार ११:०५ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP