logo
  • २०८३ जेष्ठ २, शनिबार | Sat, 16 May 2026
  • आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    • निगरानी
    • २०७६ कार्तिक २, शनिबार ०९:३४ गते
    आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाडौँ । छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ।

    आज र भोलि खुवाइने भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाइने मन्त्रालयका स्वास्थ्य महाशाखामा कार्यरत सामुदायिक नर्सिङ अधिकृत केसु काफ्लेले जानकारी दिए ।

    जुकाका औषधि एक वर्षमाथि पाँच वर्ष मुनिकालाई खुवाइने तयारी भएको हो ।भिटामिन ‘ए’ प्रदेशभरिमा चार लाख ४२ हजार ८०२ लाई र जुकाको औषधि तीन लाख ८९ हजार ९३३ लाई खुवाउन आठ हजार ९७० महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने बताइएको छ।



    निगरानी    
  • २०७६ कार्तिक २, शनिबार ०९:३४ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP