logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • विवाहपछि युवती मोटाउनुको कारण यस्तो

    विवाहपछि युवती मोटाउनुको कारण यस्तो

    सामान्यतया अपवाद बाहेक अधिकांश युवतीहरु विवाहपछि मोटाउँछन् । आखिर किन त ? यो विषयमा थुप्रै खोज तथा अनुसन्धान भएका छन् । आज हामीले त्यही खोजबाट पत्ता लागेको तथ्य यहाँ उल्लेख गरेका छौं।फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित अनुसन्धानको नतिजा अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ ।

    यस्तै अर्को एक अन्य अनुसन्धानका अनुसार विवाहको ५ वर्षभित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ ।

    किन बढ्छ त तौल ?

    हर्मोनल चेन्ज : अध्ययन अनुसार, विवाह पछि शरीरमा हर्मोनल परिवर्तन हुने गर्दछ । यसले गर्दा युवतीहरुको तौल बढ्न थाल्छ ।

    निन्द्रा नपुग्नु : विवाह अघि भन्दा पछि युवतीहरुको दैनिक समय तालिकाका व्यस्त हुन थाल्छ जसका कारण उनिहरु पर्याप्त निदाउन पाउँदैनन् । यसले गर्दा पनि तौल बढ्न थाल्छ ।

    तनाव : विवाह पछि सुरुका दिनमा युवतीहरु तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढाउँछ ।

    सोचमा परिवर्तन : मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् । तर विवाह पछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ ।

    उमेरको असर : आजकाल धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि मात्र विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरीरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ ।



    निगरानी    
  • २०७६ कार्तिक २, शनिबार ०९:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP