logo
  • २०८३ जेष्ठ २, शनिबार | Sat, 16 May 2026
  • आयो सुन्तला खाने सिजन,स्वास्थ्यमा पुग्छ यस्तो फाइदा

    • निगरानी
    • २०७६ कार्तिक ४, सोमबार ११:२७ गते
    आयो सुन्तला खाने सिजन,स्वास्थ्यमा पुग्छ यस्तो फाइदा

    सुन्तला नाम लिने वित्तिकै तपाईको मुख रसाउछ होला । अहिले सुन्ताला खाने सिजन पनि हो । गाउँघरमा सुन्तला पाक्न शुरु भएको होला । तिहारका लागि भारतबाट पनि सुन्तला आयात शुरु भइसकेको छ ।फलफुल बजारमा नेपाल र भारतीय सुन्तला आइसकेको छ । सुन्तला लिएर घाम ताप्दै साथीहरुसँग गफगाफ गर्दै खान निकै रमाइलो हुन्छ । सुन्तला खादा रमाइलो मात्र हुँदैन स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको पोषणविद्हरु बताउँछन् ।

    सुन्तलाको फाइदा यस्तो छ

    – सुन्तलामा पाइने हेस्परिडिनले उच्च रक्तचाप नियन्त्रण गर्छ,

    – सुन्तलामा प्रसस्त भिटामिन सी हुने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ,

    – चिसोको समयमा सुन्तलाले रुघाखोकीबाट बच्न सहयोग पु¥याउँछ,

    – सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालाको सुन्दरता बढाउँछ,

    – सुन्तलामा हुने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउछ,

    –मुटुलाई स्वास्थ्य बनाउछ,

    –सुन्तालामा पाइने भिटामिन एले आँखालाई फाइदा गर्छ,

    –सुन्तलामा पाइने डी लिमोनेनले स्तन,छाला तथा फोक्सोको क्यान्सर लाग्न दिदैन,

    –सुन्तालमा हुने फाइबरले कब्जियत हुनबाट बताउँछ,

    –सुन्तलाले पाचन प्रणाली स्वस्थ राख्छ ।



    निगरानी    
  • २०७६ कार्तिक ४, सोमबार ११:२७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP