logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • आँखा चिलाउँछ ? यो हो समाधानको उपाय

    आँखा चिलाउँछ ? यो हो समाधानको उपाय

    वायु प्रदुषणका कारण मानिसलाई आँखा सम्बन्धी समस्या देखा पर्ने गरेका छन् ।ग्रामिण क्षेत्रमाभन्दा शहरी क्षेत्रमा आँखा सम्बन्धी रोगका विरामीको संख्या बढ्दो छ । वायु प्रदूषणका कारण मानिसलाई आँखा बिझाउने, चिलाउने, पोल्ने समस्याले सताउने गर्छ ।

    आँखा मानिसहरुको संवेदनशील अंग भएको हुँदा कुनै पनि रोग लाग्न दिनुहुँदैन । हामीले जहिले पनि बाहिरबाट आएपछि  आँखालाई चिसो पानीले धुनुपर्छ । आँखा चिलाउने समस्याबाट बच्ने केही उपायहरु यस्ता छन्–

    – चिसो दूधको प्रयोग गरेर पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ । कपासलाई चिसो दूधमा केही समय भिजाएर त्यसलाई बेला बेलामा आँखाको वरिपरि राख्नाले पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ ।

    – घाम, पानी, धुलो, धूवँ लगायतका कारण पनि आखाको एलर्जी हुनसक्छ । आँखाको एलर्जी भएमा आखा पोल्ने, चिलाउने तथा रातो हुने गर्दछ । घरबाहिर निस्कनु परेमा चश्माको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ ।

    –आँखा बेसरी चिलाएमा तुरुन्तै चिसो पानीको फोहराले आँखालाई पखालेर पनि यो समस्याबाट राहत पाउन सकिन्छ । त्यसको लागि पानीको फोर्स भने धेरै हुनु हुँदैन ।

    – गुलाव जलको प्रयोयद्वारा पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । केही थोपा गुलाव जलको प्रयोगले सुरुमा त आँखामा केही जलन होला तर फेरि आराम पनि तुरुन्तै हुन्छ ।

    – चिकित्सकको सल्लाह अनुसार आइड्रपको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । यस्ता आइड्रप जुनसुकै औषधी पसलमा सजिलै किन्न पाइन्छ । किन्नुअघि चिकित्सकको सल्लाह लिन भने निकै आवश्यक मानिन्छ ।



    निगरानी    
  • २०७६ कार्तिक ९, शनिबार ०९:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP