आत्मदाहको प्रयास गरेका आचार्यको अवस्थाबारे जानकारी लिन स्वास्थ मन्त्री अस्पतालमा

आत्मदाहको प्रयास गरेका आचार्यको अवस्थाबारे  जानकारी लिन स्वास्थ मन्त्री अस्पतालमा

काठमाडौ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले संसद भवनअगाडि आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका प्रेमप्रसाद आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । आचार्यको अहिले होस आएको छ ।
आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको जनाएको छ ।
आचार्यलाई बर्न अस्पतालमा राखिएको छ । मङ्गलबार नै नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्काएर आचार्यले आत्मदाहको असफल प्रयास गरेका थिए ।