कोरोनाको त्रास फैलिएपछि सरकारले आजबाट एक साताको लागि लकडाउन गरेको छ । नेपालको इतिहासमा लकडाउन भएको पहिलो घटना हो । त्यसैले लकडाउन के हो भन्ने बारेमा सर्बसाधरण नागरीकले अझै बुझेका छैनन् । लकडाउन को पहिलो दिन इलाम जिल्ला सुनसान बन्यो । जिल्लाका प्रमुख बजारहरु सुनसान बने । बिश्वमा नै माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि भेटीएपछि सोमबार बेलुकाबाट नेपाल सरकारले एक हप्ताका लागि देशभर लकडाउन गर्ने घोषणा गरेको थियो ।
सवारी साधन ठप्प भए । निजी सवारी र मोटरसाईकल पनि इलाममा ठप्प नै भएको थियो । सरकारले जारी गरेको लकडाउनलाई इलामे जनताले पालना गरेका थिए । बिश्वमा नै फैलिरहेको माहामारी रोक्नका लागि जनताले सरकारलाई साथ दिइरहेका छन् । देशका केहि स्थानमा भने लकडाउनको उल्लङघन गरेको समाचारहरु आएका छन् ।
प्रतिक्रिया