logo
  • २०८३ बैशाख २७, आईतवार | Sun, 10 May 2026
  • कम्युनिस्ट सरकारले मुलुकका लागि कुनै राम्रो काम गरेन् : देउवा

    • निगरानी
    • २०७६ आश्विन १८, शनिबार ०९:५८ गते
    कम्युनिस्ट सरकारले मुलुकका लागि कुनै राम्रो काम गरेन् : देउवा

    काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरुले मुलुकको लागि कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।

    मित्र युवा क्लबले दशैंको अवसरमा शनिबार काठमाडौमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले कम्युनिष्टका काण्डै काण्डले मुलुककै बेइज्जत भएको आरोप समेत लगाए ।

    महरा काण्डले मुलुकको शीर निहुरीएको भन्दै उनले दुई तिहाईको सरकारले मुलकलाई बर्वाद बनाएको बताए ।

    उनले पीडित महिलालाई दुई तिहाईको बलमा डर, धम्की दिएर बयान फेर्न लगाएको भन्दै पीडितलाई न्याय दिनुको सट्टा पीडित बनाएको आरोप लगाए ।

    त्यस्तै कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाईको दुहाई दिने सरकारलाई जनताले खोज्ने बेला आएको बताए ।
    उनले महँगी बढ्दा समेत सरकारले कुनै तदारुकता देखाउन नसकेको आरोप लगाए ।

    नेता भिमसेनदास प्रधानलगायतले सरकारले चाडबाडमा बढ्दो कालोबजारी, बेथिति र भ्रष्टाचार रोक्न नसकेको बताए।

    चाडबाडको अवसरमा मित्र युवा क्लबले बिभिन्न व्यक्तिहरुलाई सम्मानित गर्नुको साथै खाद्यान्न, लत्ताकपडा वितरण गरेको थियो।



    निगरानी    
  • २०७६ आश्विन १८, शनिबार ०९:५८ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP