logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • देनपामा २६८ परिवारलाई राहात बितरण, मनोमानी ढंगले राहात बाँडेको वडाध्यक्षको आरोप

    देनपामा २६८ परिवारलाई राहात बितरण, मनोमानी ढंगले राहात बाँडेको वडाध्यक्षको आरोप

    चैत २९, इलाम । इलामको देउमाई नगरपालिकाले राहात बितरण कार्य सम्पन्न गरेको छ । कोरोना भाइरसको माहामारी एवं लम्बदो लकडाउनका कारण गरिब तथा बिपन्न परिवारको रोजीरोटि नै बन्द भइसकेको अवस्थामा त्यस्ता परिवारका लागि नगरपालिकाले राहात बितरण गरेको हो । सो क्रममा नगरपालिकाले संघिय सरकारको कार्यबिधि अनुसार २ सय ६८ जना परिवारलाई राहात बितरण गरेको नगरपालिकाका मेयर सूर्य पोख्रेलले बताउनुभयो । पोख्रेलका अनुसार २ जना सम्मको परिवारलाई १५ केजि चामल, डेड केजि दाल, एक केजि चिनी, एकलिटर खानेतेल, नुन एक केजि र साबुन २ वटाको दरले बाँडेको छ ।

    ३ देखि ५ जना सम्मको परिवारलाई त्यसको ठिक दोब्बरले बितरण गरेको छ भने त्यहाँ भन्दा माथिको परिवारलाई थप २५ प्रतिशत बृद्धि गरेर राहात बितरण गरेको पोख्रेलको भनाई छ । यता जिल्लाका अन्य स्थानीय तहले स्थापना गरेको राहात कोषम शिक्षक एवं नगरपालिकाको एक दिनको तलब कटाएर कोषमा रकम जम्मा गरेको समाचारहरु आइरहेपनि देउमाई नगरपालिकाले भने शिक्षक तथा नगरपालिकाका एकजना कर्मचारीको एकदिनको पनि तलब समेत कटौति नगरेको मेयर पोख्रेलको भनाई छ । त्यस्तै जनप्रतिनिधिको तलब भत्ता समेत कटौति नगरेको बताइएको छ । यता देउमाई नगरपालिकाले बितरण गरेको राहातमा मनोमानी भएको वडाध्यक्षले नै आरोप लगाएका छन् । वडा नम्बर ७ का वडाध्यक्ष भक्तबहादुर लिम्बूले राहात बितरणमा मेयर र नगरपालिकाका कर्मचारीले मनोमानी गरेको आरोप लगाउनु भएको छ । राहात पाउनेमा वडाबाट सिफारीस गरेका ४५ जनाको नाममा ११ जनाको नाम कटौती गरेर राहात बितरण गरेको लिम्बूले बताउनुभयो । वडाबाट अत्यन्त गरिब तथा बिपन्न परिवारको सिफारीस राहातका लागि पठाए पनि नगरपालिकाले नाम काट्नु गलत भएको वडाध्यक्ष लिम्बूको भनाई छ ।

    यता नगरपालिकाका मेयर सूर्य पोख्रेलले भने राहात पाउनका लागि सरकारले तोकेको मापदण्ड हुनुपर्ने भएपनि ११ जना परिवार मापदण्डमा पर्न नसक्ने र उनीहरु गरिब तथा बिपन्नको सुचीमा नपर्ने हुँदा नाम काट्नु परेको बताउनुभयो । नगरपालिकाले मनोमानी ढंगले राहात नबाडेको पनि स्पष्ट पार्नुभयो ।



    निगरानी संवाददाता    
  • २०७६ चैत्र २९, शनिबार १३:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP