क्रियाशील पत्रकार महिलाको अध्यक्षमा निर्मला आचार्य

Share This
  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share
क्रियाशील पत्रकार महिलाको अध्यक्षमा निर्मला आचार्य

क्रियाशील पत्रकार महिला डब्लुडब्लुको अध्यक्षमा निर्मला आचार्य चयन हुनु भएको छ । आइतबार सम्पन्न छैठो अधिवेशनले निर्मला आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामकला खडका, महासचिवमा चन्दा बिष्ट, सचिवमा रमीता लामा र कोषाध्यक्षमा रुक्मिणी पोखरेल चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा संगीता लामा, अमिका राजथला, सोनी शर्मा, दीपा आले, शोभा मानन्धर, दुर्गा अधिकारी, देवी सापकोटा र सीता बिके चयन भएका छन् । त्यसैगरी, अधिबेशन अगाडिको सत्रमा प्रेस काउन्सील नेपालका रामशरण बोहोराले पत्रकार आचारसंहिता र कार्यान्वयनको अवस्था विषयक अभिमुखिकरण कार्यक्रम संचालन गरे । सन् २००६ मा स्थापना भएको संस्था डब्लुडब्लुजेले हाल ४६ जिल्लामा आफ्नो शाखा बिस्तार गरिसकेको छ ।