शिलान्यास भएको वाह्र बर्ष पछि बन्यो चुम्लुङ हीम

शिलान्यास भएको वाह्र बर्ष पछि बन्यो चुम्लुङ हीम

शिलान्यास भएकोे वाह्र बर्ष पछि चुम्लुङ हिम (भवन ) निमार्ण सम्पन्न भएको छ । इलाम नगरपालिका वडा नम्बर ५ विब्ल्याटे बजार नजिक निर्माण भएको चुम्लुङ हिमको विहिबार एक कार्यक्रमकाबीच संविधान सभाअध्यक्ष सुवासचन्द्र नेम्बाङले उद्घाटन गर्नु भएको छ । २०६५ सालमा नेम्बाङले नै शिलान्यास गर्नु भएको भवन ८० लाख लागतमा निमार्ण सम्पन्न भएको निमार्ण समिति संयोजक सटेन्द्र जवेगुले बताउनुभयो । सविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको सांसद विकास कोष, मेची पहाडी पर्यटन विकास केन्द्र , इलाम नगरपालिका मार्फत प्रदेश १ सरकार ,सुपरमाई हाइड्रोपावर लगायतको सहयोगमा निमार्ण भएको जनाइएको छ । किरात याक्थुङ चुम्लुङ वडा शाखाले जग्गा खरिद गरी भवनको निर्माण कार्य सम्पन्न गरेको हो ।भवनमा सभा, सम्मेलन, विवाह, भोज लगायतका सामुहिक कार्य गर्न सहज भएको स्थानीयले बताएका छन । यसैबीच भवन निर्माणमा सहयोग पुर्याउने मिन कुमार लिम्बू र जग्गादाता खड्ग बहादुर लिम्बूलाई सम्मान प्रमाण पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ ।


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई , समाजसेवी गोविन्द पौडेल, गंगा भूर्तेल, मनराज जबेगू, इलाम वडा नम्बर पाँचका वडाध्यक्ष तथा प्रवक्ता ठाकुरनारायण श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कलाकारहरुले जातीय नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

चुम्लुङ हिम