युवा नेता नवराज शंकरको कोरोना संक्रमणका कारण निधन

इलाम ,जेठ २
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का युवा नेता नवराज शंकरको कोरोना संक्रमणका कारण निधन भएको छ । एमाले इलामका कार्यलय सचिव तथा बाल संगठन अध्यक्ष ३४ वर्षीय शंकरको विराट मेडिकल कलेज अस्पतालमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हो । गत बैशाख २२ गते कोरोना पुष्टि भएपछि शंकर होम आसुलेसनमा बसीरहेका थिए । स्वासप्रश्वासमा समस्या भएपछि शंकरलाई आइसियुमा राखिएको थियो ।
विद्यार्थी हुदाँदेखि तार्किक क्षमता भएका शंकर राजनिति सँगै सामाजिक क्षेत्रमा सक्रिय थिए । जातिय विभेद विरुद्धका अभियानमा सहभागी शंकर दलित अधिकार कर्मीको रुपमा सक्रिय थिए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष भइसकेका थिए । उनको डेढ वर्षकी छोरी र श्रीमती छन । क्षमतावान र सबैसँग मित्रवत व्यवहार गर्ने शंकरको निधनले इलाम शोकमा डुबेको छ । शंकर सहित इलाममा ११ जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।