इलाममा जेठ २२ गते सम्म निषेधाज्ञा थप

इलाममा जेठ २२ गते सम्म निषेधाज्ञा थप

इलाम जेठ ११

इलाममा जेठ २२ गते सम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रसाशन कार्यलयले मंगलबार आदेश जारी गर्र्दे निषेधाज्ञा थप गर्ने जनाएको छ । यसअघि बैंशाख २८ गते देखि निषेधाज्ञा जारी गरेको थियो । कोभिड १९ को महामारी जिल्लामा तीव्र रुपमा फैलिदै गएकोले जनस्वास्थ्यमा पर्नसक्ने गम्भीर असरलाई नियन्त्रण गर्न थप सर्तकता अप्नाउन निषेधआज्ञा थप गरिएको छ । यस्तो निर्णय गरिएको जनाइएको छ । अतिआवश्यक र स्वास्थ्य सेवाबाहेकका सेवाहरु बन्द रहने जनाइएको छ । खाद्यान्न, तरकारी र फलफूलको पसल तथा ढुवानी भने स्वास्थ्य मापदण्ड अपनाएर विहान ५ बजे देखि ११ बजे सम्म खुल्ला रहने जनाइएको छ । जिल्ला बाहिरबाट भित्रने र बाहिरिने सबै यात्रु बाहक सवारी साधन र जिल्ला भित्र चल्ने सवारी साधनमा संचालनमा रोक लगाइएको छ ।