इलाम चैत १९ सुरक्षित आप्रवासन परियोजना इलामले पत्रकारहरुका लागि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारै जाने भए सहिसूचना र सिप सिकेरमात्र जाउँ भन्ने नाराका साथ परियोजनाले काम गरिरहेको छ । इलाम नगरपालिकाका प्रमुख, जिल्ला परियोजना ब्यवस्थापन तथा परिचालन समितिको अध्यक्ष महेश बस्नेतको अध्यक्ष्तामा भएको कार्यक्रममा परियोजनाका फोकल पर्सन राम शाहाले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा परियोजनाले गरिरहेको कामको बारेमा इलाम पाँचथर परियोजना अधिकृत राम कुमार कर्णले परियोजनाको कामको बारेमा जानकारी गराउनु भएको थियो । परियोजनाका जिल्ला संयोजक इश्वरी तामाङले जिल्लामा परियोजनाले जिल्लामा गरेको कामको बताउनु भएको थियो ।
मनोसामाजिक समस्या र मनो विमर्सको बारेमा मनोसामाजिक परामर्शकर्ता कल्पना गजमेरले इलाम नगरपालिकामा दुई सय २९ जनालाई परामर्स दिएको बताउनु भयो । जसमा महिला दुईसय चार जना र पूरुष २५ जना रहेका छन । परियोजनाले ब्यक्तिगत , सामुहिक र फोन मार्फत परामर्श दिदै आएको गज्मेरले बताउनु भयो । कार्यक्रममा वितिय सहजकर्ता निलिमा भट्टराईले वैदेशिक रोजगारीमा गएको परिवारका सदस्यलाई खर्च व्यवस्थापन र हिसाव राख्नका लागि कक्षा सञ्चालन गरेको बताउनु भयो ।