इलाम , फागुन १६ । इलामको माइजोगमाई गाउपालिकाको केन्द्र नयाँबजारमा रेडपाण्डाको प्रतिमाको राखिएको छ । आइतबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष जीत बहादुर राईले प्रतिमा अनावरण गर्नु भएको छ । विश्वमा लोपोन्मुख रहेको रेडपान्डा संरक्षणको सन्देश दिनका लागि शालिक निर्माण गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनु भयो । यस गाउँपालिकामा रेडपान्डा पाईन्छ । गाउँपालिकाले रेडपान्डाको तस्बिर लेटरप्याडमा समेत प्रयोग गदै आएको छ ।
प्रतिक्रिया