logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • इलाम नगरपालिकाद्धारा ४८ लाख मुल्यको कृषि सामाग्री वितरण

    इलाम नगरपालिकाद्धारा ४८ लाख मुल्यको कृषि सामाग्री वितरण

    इलाम : इलाम नगरपालिकाले छुर्पी र दुग्ध प्रर्वद्धन कार्यक्रम मार्फत किसानलाई ४७ लाख ९३ हजार ७५० मुल्यको कृषि सामाग्री प्रदान गरेको छ ।

    शनिवार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले ४५ थान च्याप्कटर, ९२ थान काउ म्याट, २ थान नाइट्रोजन कन्टेनर, ८ थान मिल्क एनालाइजर , क्रिम सेफरेटर ६ थान र डिप फ्रिज ९ थान प्रदान गरेको इलाम नगरपालिकाका नगर प्रवक्त नुतनदेव दुलाले बताउनु भयो ।

    कृषि फर्म, कृषि समुह , कृषि सहकारी र किसान गरी ५५ जनालाई उक्त सामाग्री हस्तान्तरण गरिएका जनाइएको छ । नगर प्रमुख केदार थापा, उपप्रमुख बिष्णु लिम्बु दाहाल, वडाध्यक्षहरु, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापा प्रमुख प्रमुख शितल भट्टराई, नगर पशु शाखा प्रमुख रुपनारायण लिम्बु लगायतले सामाग्री हस्तान्तरण गरे ।



    निगरानी संवाददाता    
  • २०८० जेष्ठ २१, आईतवार १७:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP