logo
  • २०८३ जेष्ठ २७, बुधबार | Wed, 10 Jun 2026
  • इलाममा बन्न लागेको चिया र अलैंची अनुसन्धान केन्द्र निर्माणस्थलको निरिक्षण

    इलाममा बन्न लागेको चिया र अलैंची अनुसन्धान केन्द्र निर्माणस्थलको निरिक्षण


    इलाम :इलाम नगरपालिका १ साखेजुङगमा स्थापना हुन लागेको चिया र अलैंचीको अनुसन्धान केन्द्र निमार्ण स्थलको निरिक्षण भएको छ । अनुसन्धान केन्द्र स्थापनाको लागि चालु आबमा करिब २ करोड ३८ लाख बजेट विनियोजन भएकोले कार्य प्रारम्भ हुन लागेको इलाम नगरपालिका प्रवक्ता नुतनदेव दुलालले बताउनु भयो । गत आर्थिक वर्षमा ४२ रोपनि जग्गा स्थानिय जग्गा दाताबाट प्राप्त भैसकेको र थप ५८ रोपनी जग्गा निशुल्क प्राप्त गर्नका लागि पहल भइरहेको प्रवक्ता दुलाले बताउनु भयो ।


    इलाम नगरपालिका प्रमुख केदार थापाको नेतृत्वमा पुर्व प्रदेश साम्सद धिरेन शर्मा रमण ,राष्ट्रिय ब्यवसायीक कृषि अनुसन्धान कार्याक्रम धनकुटका संयोजक डाक्टर हिमाल प्रसाद तिमल्सिना ,नेपाल कृषि अनुसन्धान परिषद योजना तथा समन्वय निर्देशक डाक्टर लुमानिधि पाण्डे ,नेपाल कृषि अनुसन्धान परिषद आर्थिक प्रशासन निर्देशक मनस कडेल लगायत जनप्रतिनिधी , उद्योग वाणिज्यका प्रतिनिधी , जग्गा दाता र स्थानीय बासीको उपस्थिीमा आइतबार स्थलगत रुपमा निरिक्षण गरिएको छ ।



    निगरानी संवाददाता    
  • २०८० भाद्र ४, सोमबार ०९:४२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP