इलाम गोल्डकपको अन्तिम क्वार्टर फाइनलमा आज पाँचथर र बुटबल भिड्दै

इलाम गोल्डकपको अन्तिम क्वार्टर फाइनलमा आज  पाँचथर  र बुटबल भिड्दै

 इलाम माघ ९ : इलामको ठूलो टुँडिखेलमा जारी प्रथम इलाम गोल्डकपमा आज अन्तिम क्वार्टर फाइनलको खेल हुँदैछ । आजको खेलमा पाँचथरको पाँचथर युुवा क्लब र बुटबलको लुम्बिनी युवा क्लब भिड्दैछन ।  आजको विजेताले झापा युनाइटेडसँग माघ ११ मा सेमिफाइनल खेल्नेछ । सोमबार सम्पन्न   खेलमा न्युरोड टीम एनआरटी सेमिफाइनल प्रवेश गरेको  छ । त्यसअघि झापाको बिर्तामोड युनाइटेड र आयोजक रेडहर्स सेमिफाइनल  पुगिसकेका छन् ।  आयोजक र एनआरटीको भोलिको सेमिफाइनलमामा भेट हुनेछ ।
विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । प्रतियोगिताको फाइनल माघ १३ गते  हुनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर र उदयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।