पशुपतिनगर ओपन फुटबल टुर्नामेन्ट : दार्जिलिङले जित्यो उपाधि

पशुपतिनगर ओपन फुटबल टुर्नामेन्ट : दार्जिलिङले जित्यो उपाधि

इलाम ,चैत ९

इलामको सीमावर्ती पशुपतिनगरमा संचालित चौथो पशुपतिनगर ओपन फुटबल टुर्नामेन्टको उपाधि दार्जिलिङ पुलिसले जितेको छ । सुर्योदय नगरपालिका २ को जिपजिपे खेलमैदामा सोमबार सम्पन्न पशुपतिनगरको फाइनल खेलमा झापाको खुदुनाबारी एफसीालाई २–० गोल अन्तरले पराजित गर्दै दार्जिलिङले उपाधि आफ्नो पोल्टामा पारेको हो । पहिलो हाफमा दुवैतर्फबाट गोलरहित बरावरीमा रहेको खेल दोस्रो हाफमा दार्जिलिङले गरेको दुई गोल नै निर्णायक बन्यो ।दार्जिलिङ पुलिसले नगद १ लाख ६० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्यो ।

उपविजेता बनेको खुदुनाबारी एफ सीले नगद ८० हजार प्राप्त ग¥यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी र म्यान अफ दि म्याच दार्जिलिङका प्रतिक तामाङ बने । उत्कृष्ट गोलरक्षक दार्जिलिङका खेलाडी रोनिक , सर्वाधिक गोलकर्ता खुदुनाबारीका बविन बोहोर र उदियमान खेलाडी आयोजक टिमका जिदान राई घोषित बन्दै जनही ५÷५ हजार प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट टोली दार्जिलिङ युनाइटेड र फेयर प्ले टिम सुनसरीको पाञ्चायन फुटबल क्लब बन्यो । विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा युवा नेता डम्बर खड्काले पुरस्कार वितरण गर्नु भयो । पहिलो पुरस्कार राशी खड्काले नै सहयोग गर्नु भएको थियो । विजेता र उपविजेतालाई पुर्व स्वास्थ्यकर्मी विमला लेप्चा शिवाकोटिले ट्रफि प्रदान गर्नु भयो । दुइवटै ट्रफि विमला लेप्चा शिवाकोटिको श्रीमान् स्वर्गीैय हरि प्रसाद शिवाकोटिको स्मृतिमा प्रदान गरको थियो ।

पशुपतिनगर युवा परिवारले आयोजना गरेको प्रतियोगितमा नेपाल भारतको गरी २२ टीमको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन युवा परिवारका बलराम रसाइलीको सभापतित्व र समाजसेवी एवम कांग्रेसका युवा नेता डम्बर खड्काको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।

समापन कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) प्रदेश एकका महासचिव एवम झापा जिल्ला अध्यक्ष भगिरथ आले मामा, जिल्ला फुटबल संघ इलामका अध्यक्ष महेश श्रेष्ठ, अखिल नेपाल फुटबल संघ प्रदेश सदस्य ज्ञानबहादुर राई , सुर्योदय नगरपालिका वडा नं २ का वडाध्यक्ष चन्द्र सुब्बा, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देउप्रसाद लिम्बु, शसस्त्र प्रहरी बल पशुपतिनगरका प्रहरी निरिक्षक नविन खतिवडा, सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई, लगायत पशुपतिनगरका समाजसेवी राजनितीकर्मी , शिक्षासेवीको उपस्थिति रहेको थियो । कार्यक्रम प्रतियोगिता संचालनमा सहयोग पु¥याउने दाता तथा प्रायोजकहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रम संचालन पशुपतिनगरका युवा समाजसेवी मिलन क्षेत्रीले गर्नु भएको थियो ।दाजिलिङका विद्यार्थीहरुले आर्कषक व्याण्ड बाजाको प्रर्दशन गरेका थिए ।


यसैबीच समाजसेवी तथा युवा नेता डम्बर खड्कालाई आयोजक समितिले दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ । फुटबल प्रतियोगिता संचालनको लागि सहयोग पु¥याएको भन्दै पशुपति युवा परिवारले सम्मान गरेको जनाएको छ ।