इलाम , माघ ६ : इलाममा आजदेखि सुरु भएको प्रथम इलाम गोल्डकपमा आयोजक रेडहर्ष फुटबल क्लब बिजयी भएको छ । रेडहर्स नवयुग श्रेष्ठको ह्याटि्रक संगै सेमिफाइनल प्रवेश गरेको छ । इलाम सदरमुकामस्थित ठुलो टुँडिखेलमा सञ्चालन भएको अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विदेशी टोली भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो । खेलको १३ औ मिनेटमा रेडहर्सका उत्सव राईले १ गोल गोल गर्दै खाता खोलेका थिए । खेलको ५५ औ र ६५ औ र ८२ औ मिनेटमा गोल गर्दै नवयुगले गृह जिल्ला इलामलाई फराकिलो अन्तरले जीत दिलाएका छन । रेडहर्सले न्युरो टिम एनआरटी काठमाडौँ र बाग्मती युवा क्लब सर्लाही बीच हुने खेलको बिजेता संग खेल्ने छ । नवयुग आजको खेलमा म्यान अफ द म्याच बने ।
भोलिको खेलमा राष्ट्रिय जागृति क्लब इटहरी र विर्तामोड युनाइटेड झापा भिड्नेछन् ।
प्रतियोगितामा एक विदेशीसहित आठ टिमको सहभागिता रहेको छ । नेपालकाेपालका ‘ए’ डिभिजन क्लब न्युरो टिम एनआरटी काठमाडौँसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेडहर्ष फुटबल क्लब इलाम र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतको सहभागिता छ ।
विजेताले नगद पाँच लाख र उपविजेताले नगद ३ लाख पुरस्कार पाउने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर र उदयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल माघ १३ गते हुनेछ ।
प्रतिक्रिया