logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • माईजोगमाई अध्यक्ष कप : ईलाम नगरपालिका सेमी फाईनलमा

    माईजोगमाई अध्यक्ष कप : ईलाम नगरपालिका सेमी फाईनलमा

     

    डम्बर कुमार निरौला , माईजोगमाई :

    माईजोगमाई गाउँपालिका अध्यक्ष कपमा बुधबार चौथो दिनको खेल सम्पन्न भएको छ । ईलाम नगरपालिका र चुलाचुली गाउँपालिका बिचको खेलमा ४/१ ले ईलाम नगरपालिका सेमी फाईनलमा पुग्न सफल भएको छ ।
    पहिलो हाफको ३५ मिनेटको समय सकिएपछि थप समयको १ मिनेटमा ईलामको तर्फबाट जर्सी नम्बर ७ का खेल्लाडी साङ्गे शेर्पाले १ गोल गरेर खेललाई अगाडि बढाएका थिए । पुन दोस्रो हाफको ७ मिनेटमा ईलाम नगरपालिकाको तर्फबाट जर्सीनम्बर १० का खेल्लाडी मौसम राईले १ गोल गरेर खेललाई अगाडि बढाएका थिए त्यसैगरी ईलाम नगरपालिकाको तर्फबाट दोस्रो हाफको १५ मिनेटमा जर्सी नम्बर ७ का खेल्लाडी साङ्गे शेर्पाले थप अर्को गोल गर्न सफल भएका थिए । खेलको दोस्रो हाफको १९ मिनेटमा चुलाचुलीको तर्फबाट जर्सी नम्बर ८ खेल्लाडी किस्मत लिम्बुले १ गोल फर्काउन सफल भए । खेलको दोस्रो हाफको २८ मिनेटमा ईलाम नगरपालिकाको तर्फबाट जर्सी नम्बर ५ का खेल्लाडी पुस्कर दाहालले अर्को गोल गरेका थिए ।

    खेलको म्यान अफ द म्याच  ईलाम नगरपालिकाका जर्सी नम्बर ७ का खेल्लाडी साङ्गे शेर्पा घोषित भए ।ईलाम नगरपालिका सेमि फाईनलमा प्रबेश गरेको छ ।

    बिहीबार माई नगरपालिका र फाकफोकथुम गाउँपालिका बिच प्रतिस्पर्धा हुनेछ ।

    खेलको बिजेताले नगद रु दुई लाख दश हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छ । उपबिजेता टिमले रु एक लाख बिस हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।



    निगरानी संवाददाता    
  • २०८० बैशाख १४, बिहीबार ०६:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP