इलाम :प्रथम गोरख भेट्रान्स कप फुटबलको उपाधि आयोजकले जितेको छ । सूर्योदय नगरपालिका ५ समालबुङस्थित गोरखको सामसुङ मेमोरियल खेलमैदानमा शनिबार भएको फाइनल खेलमा एमसीसी फिक्कल भेट्रानलाई ३-० गोलअन्तरले पराजित गर्दै आयोजक गोरख भेद्रान क्लबले उपाधि चुम्यो । आयोजकका लागि दिपेन राईले २ गोल र सुरजकुमार श्रेष्ठले १ गोल गरे । आयोजकले नगद ४० हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता फिक्कलले नगद २० हजार र ट्रफीमा प्राप्त गर्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजकका गोलरक्षक रामनारायण चौधरी भए ।
दुई दिनसम्म चलेको प्रतियोगितामा झापा, इलाम, पाँचथर र भारतको एक टिम गरी आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको समापनमा प्रमुख आतिथि संविधानसभा सदस्य टिकाराम लेप्चाको, बिषेश अतिथि प्रदेश फुटबल संघका महासचिव भगिरथ आले, सूर्योदय नगरपालिका ६ का अध्यक्ष सिव बस्नेत सुर्योदय नगर खेलकुद समितिका संयोजक शौरभ आचार्यले खेलकुदको विकास गर्नका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
नो टु ड्रग्स’ भन्ने सन्देश दिन गोरख टोल विकास संस्था समालबुङ, इलामले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा आठ टिमले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया