सविता पाण्डे , इलाम २६ मङ्सिर : चर्च व्वाइज इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । इलाममा जारी प्रतियोगितामा बुधवार इलामको ठूलो टुँडिखेलमा भएको पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्ष फुटबल क्लबलाई १-० ले हराइदै उपाधी होडमा पुगेको छ । चर्च व्वाइजका समीर तामाङले अतिरिक्त समयमा गरेको गोल निर्णायक बन्यो ।
खेलको ‘म्यान अफ द म्याच ‘ चर्च व्याइजकै गोल गर्ने खेलाडी समिर तामाङ बने उनले नगद ८ हजार एक सय प्राप्त गरे । दोस्रो सेमिफाइनल खेलमा बिहीबार न्युरोड टीम ( एनआरटी ) काठमाडौँ र झापाको रेडस्टार क्लब भिड्ने छन । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । फाइनल खेल मङ्सिर २९ गते हुनेछ ।
प्रतिक्रिया