logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा आयोजकको बिजयी सुरुवात

    दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपमा आयोजकको बिजयी सुरुवात


    इलाम फागुन १७ : दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको पहिलो खेलमा आयोजक क्लब ओएसिस विजयी भएको छ ।क्लब ओएसिस इलामको आयोजनामा शनिबारदेखि इलामको ठूलो टुडिखेलमा भएको उद्घाटन खेलमा पदमा स्पोर्टिङ क्लब, ओखलढुङ्गालाई २-० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो ।
    ओएसिसको तर्फबाट खेलको बर्षा ओलीले खेलको ३२ औ र प्रियन्का मगरले ४२ औ मिनेटमा १ / १ गोल गरे । खेलको प्लेयर अफ द म्याच क्लब ओएसिसको बर्षा ओलि भइन उनले नगद पाँच हजार प्राप्त गरिन ।


    फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीहरू सहभागी रहनेछन् ।  
    नेपालको विभागीय टिमहरू त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लब  सहभागी हुदैछन । यसैगरी  पदमा स्पोटिङ क्लब ओखलढुङ्गा, बागमती युथ क्लब सर्लाही, आयोजक क्लब ओएसिस सहभागी हुदछन भने भारतको मानेभञ्ज्याङ फुटबल क्लब र मदरटेरेसा फुटबल क्लब सहभागी हुदैछन ।  
    प्रतियोगिताको विजेताले नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ५० लाख बढी अनुमानित लागत रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन इलाम प्रतिनिधि सभा क्षेत्र न २ का सासद सुहाङ नेम्वाङको प्रमुख आतिथ्यता र क्लब ओएसिसका अध्यक्ष ध्रुव राईको अध्यक्षतामा भएको थियोे ।
    आइतबार विभागीय टोली नेपाल प्रहरी र बाग्मती युथ क्लब सर्लाहीबीच खेल हुनेछ ।



    निगरानी    
  • २०८१ फाल्गुन १७, शनिबार १६:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP