logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • एपीएफ बन्यो दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको च्याम्पियन

    एपीएफ बन्यो दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको च्याम्पियन


    सविता पाण्डे , इलाम फागुन २४ : इलाममा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि एपिएफले जितेको हो । शनिबार ठुलो टुडिखेल्मा सम्पन्न फाइनल खेलमा विभागीय टोली आर्मीलाई २ -१ गोलान्तरले पराजित गर्दै एपिएफले उपाधि जितेको छ ।
    एपिएफकि गीता रानाले खेलको २५ मिनेटमा पेनाल्टीबाट गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । एपिएफकी सविता रानालाई आर्मीको डि–बक्स एरियामा फाउल गरिपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको हो ।
    पहिलो हाफमा १ गोल गरेको एपिएफले दोस्रो हाफमा एपिएफकी सविता रानामगरले गोल गरिन । आर्मीका लागि फरवार्ड विमला चौधरीले एक गोल फर्काइन । आजको खेलको प्लेयर अफ दी म्याच एपिएफकी सविता रानामगर घोषित बनिन् । उनले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
    उपाधिसँगै एपिएफले नगद चार लाख र ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता आर्मीले नगद दुई लाखमा चित्त बुझायो ।
    प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी एपिएफकी अनिता बस्नेत बनिन उनले नगद १५ हजार र ट्रफी प्राप्त गरिन् । उत्कृष्ट गोल रक्षक आर्मीकी अञ्जना राना , उत्कृष्ट डिफेन्डर आर्मीकै विमला बिक ,सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङ , उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी बनिन उनीहरूले जनही नगद १० हजारसहित ट्रफी प्राप्त गरिन् ।


    राष्ट्रिय सभा सदस्य तथा पुर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाको प्रमख आतिथ्यता र क्लब ओएसिस इलामका अध्यक्ष ध्रुव राईको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । क्लब ओएसिस इलामको आयोजनामा भएको खेलमा आठ टिम सहभागी थिए । महिला फुटबलको बिकास गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ ।



    निगरानी    
  • २०८१ फाल्गुन २४, शनिबार १३:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP