logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • कृषक महासंघ सूर्योदयमा नयाँ नेतृत्व

    कृषक महासंघ सूर्योदयमा नयाँ नेतृत्व

    फिक्कल : राष्ट्रिय कृषक समूह महासंघ नेपाल सूर्योदयको दोस्रो नगर अधिवेशनले अर्जुन कुमार भट्टराईको अध्यक्षतामा नयाँ नगर कार्यसमिति गठन गरेको छ ।
    सनिबार इलामको सूर्योदयमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा मित्रलाल सापकोटा, सचिवमा मदन पौड्याल, सहसचिवमा मणि घिमिरे र कोषध्यक्षमा सावित्रा प्रधानलाई चयन गरेको छ ।
    अधिवेशनले सदस्यमा सुशिला श्रेष्ठ, लिला बहादुर तुम्लिङ्गेलाई चयन गरेको छ । अधिवेशनले डम्बर प्रधान, पदम गिरी र देवकुमारी कट्टेललाई सल्लाहकार चयन गरेको छ ।
    महासंघका नगर अध्यक्ष डम्बर प्रधानको सभापतित्वमा सम्पन्न अधिवेशनमा सूर्योदय नगरपालिका वाड न ८ का वडा सदस्य एवं कृषि उद्यमी पदम गिरीले पछिल्लो समयमा दुग्ध उत्पादक कृषक समस्यामा परेकाले महासंघले राज्यले सुन्नेगरी आवाज उठाउनु पर्ने बताए ।
    महासंघका जिल्ला सचिव नकुल खड्काले महासंघकै प्रयासमा स्थानीय सरकारले कृषक वर्गिकरणको काम शुरु गरेको भन्दै कृषकको आवाज महासंघले बुलन्द गरिरहेको बताए ।
    नवनिर्वाचित अध्यक्ष भट्टराईले कृषकका नाममा राज्यले गर्ने अनियमितताका विरुद्ध निरन्तर आवाज उठाउने प्रतिवद्धता जायर गरे । कार्यक्रमका सभापति प्रधानले तल्लो तहका कृषकका लागि महासंघले निरन्तर काम गरिरहेको बताए ।
    सहभागि कृषी सहकारी र कृषक समूहका प्रतिनिधिहरुले चिया, दुध लगायतका कृषि उपजको बजारीकरणमा देखिएका समस्या समाधान गर्न तीन तहको सरकार गम्भीर नदेखिएको गुनासो गरेका थिए ।



    निगरानी    
  • २०८० मंसिर ३०, शनिबार १३:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP