logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • स्थानिय सरकारको व्यवहारले ट्रेड युनियन आन्दोलन कमजोर बन्दै

    स्थानिय सरकारको व्यवहारले ट्रेड युनियन आन्दोलन कमजोर बन्दै

    इलाम
     इलाम नगरपालिकाले ट्रेड युनियनका अभियानमा सहभागिको विदा विरामी विदाको नाममा काट्ने गर्दछ ।
     इलामका चिया वगानहरुले (जो संघाई समूहको ठेक्कामा छन्)ले ट्रेड युनियन अभियानमा सहभागिको पारिश्रमीक काट्ने गरेको छ ।
     इलामको सूर्योदय नगरपालिकाले लामो समय देखि व्यवसायीक सुरक्षा र स्वास्थ्य कार्यक्रममा श्रमिक संगठनलाई पाखा लगाएर अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को आर्थिक सहयोगमा सञ्चालन गरिरहेको छ ।

    यी केही प्रतिनिधि उदहारण मात्र हुन् । स्थानीय सरकारको दोस्रो कार्यकाल आधा जति समय बित्न लागेपनि स्थानीय सरकारको बलमिच्याईको कारण ट्रेड युनियन अधिकार संकटमा परेको नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेश समितिका सहसचिव हरिनाथ फुयाल बताउँछन् ।

    ट्रेड युनियनकर्मी राम चौलागाई स्थानीय सरकारले शिक्षकलाई आफ्नो अनुकुलमा प्रयोग गर्दापनि ट्रेड युनियन अभियानले केहि गर्न नसकेको बताउँछन् । यस्तो वेलामा ट्रेड युनियन आन्दोलनकोृ महत्व बढि हुने भएपनि प्रभावकारी काम हुन नसकेको उनको गुनासो छ ।

    नेपाल शिक्षक संघ इलामको अध्यक्ष रोमनाथ शर्माले दलहरुको अलमलको कारण श्रमिक अधिकार संकटमा परेको बताए । उनले भने ‘अधिकार प्राप्तिका लागि एक पटक जाग्ने समय आएको छ ।’

    टे«ड युनियनकर्मिलाई सरकार र निजी क्षेत्रबाट ‘थेट’ रहेको नेपाल ट्रेड युनियन कांग्रेस इलामका सचिव ढाकाराम न्यौपानेल बताए । उनले सुनाए ‘चिया श्रमिकको बाहुल्यता रहेको कन्याम चिया वगानमा श्रमिकका लागि एउटा पनि सौचालय छैन, स्थानीय सरकार सबै राम्रो छ भन्ने दावी गर्छ ।’ चिया वगानमा श्रमऐन विपरित श्रम शोषण भएको उनको दावी छ ।
    स्थानिय सरकाले श्रमको मुल्यलाई नबुझ्दा श्रमजीविहरु अधिकारबाट बञ्चीत भएको नेपाल ट्रेड युनियन काङ्ग्रेस इलामका अध्यक्ष जिवन सुवेदीले बताए । उनले भने ‘सन्तोष गर्ने अवस्था छैन, इलामका दश स्थानीय तहमै श्रमजिवीको वेहाल छ ।’
    पुर्व ट्रेड युनियनकर्मी एवं नेपाली कांग्रेसका जिल्ला सदस्य राजेन्द्र शर्माले दलहरुले ट्रेड युनियनको शक्ति र योगदानलाई अवमुल्यन गरेको बताए । उनले तीन तहको सरकारले श्रमिकको अधिकारलाई कुल्चेको आरोप लगाए ।
    नेपाल ट्रेड युनियन काङ्ग्रेस इलामको जिल्ला परिषदको अवसरमा परिषदका प्रमुख अतिथि नेपाली कांग्रेस इलामका सचिव पुर्ण प्रसाद गौतमले दल र सरकारलाई ट्रेड युनियन बुझाउन श्रमजिवीहरुले दबाब मुलक कार्यक्रम अघि सार्नुपर्ने बताए । उनले भने ‘अधिकार पाउनका लागि श्रमजिवीहरुले सत्तामा रहेका र सत्ताबाहिर रहेकालाई दवाव दिएर आफ्नो कुरा बुझाउनुको विकल्प छैन ।’
    अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले कामदारको सुरक्षाको विषयमा वकालत गरेपनि स्थानीय सरकाले भने त्यसको अबमुल्यन गरिरहेको ट्रेड युनियनकर्मीहरुको गुनासो छ ।



    निगरानी    
  • २०८१ कार्तिक १४, बुधबार १५:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP