logo
  • २०८३ बैशाख १७, बिहीबार | Thu, 30 Apr 2026
  • बिहेपछि किन हराइन् दीपिका ?

    • निगरानी
    • २०७६ आश्विन १७, शुक्रबार २२:२१ गते
    बिहेपछि किन हराइन् दीपिका ?

    काठमाडौं । नायिका दीपिका प्रसाईं निर्देशक दिवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिइन् । बिहेपछि उनी खासै चर्चामा छैनिन् । उनले अभिनय गरेको फिल्म ‘ऐश्वर्या’ युट्युबमा रिलिज गरिएको छ । फिल्म हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

    यस्तै उनको अभिनय रहेको फिल्म ‘छक्का पञ्जा ३’ गत वर्षको दशैँमा रिलिज भएको थियो । सो फिल्म रिलिजअघि दीपिकाको खुबै प्रशंसा गरिएको थियो । तर फिल्म रिलिजपछि उनको कामलाई लिएर खासै तारिफ भएन ।

    केन्द्रीय भूमिकामा दीपिका नै भए पनि यो फिल्मबाट उनले राम्रो जस पाइनन् ।

    बरु ‘ऐश्वर्या’ बाट दीपिकाले राम्रो चर्चा पाएकी थिइन् । यो फिल्मले उनलाई डेब्यु नायिकाका रुपमा चिनायो पनि । अहिले भने उनका कुनै फिल्म पनि प्रदर्शनमा आएका छैनन् ।

    फिल्मका कारणभन्दा पनि वैवाहिक जीवनका कारण चर्चामा उनले दीपिकाले सामाजिक सञ्जालमा त राम्रै उपस्थिति जनाएकी हुन्छिन् तर फिल्म क्षेत्रबाट गुमनाम हुँदा दर्शकले उनको खोजी गर्न थालेका छन् ।



    निगरानी    
  • २०७६ आश्विन १७, शुक्रबार २२:२१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP