logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • जनताले महसुस गर्नेगरि काम गर्नेछु : गणेश बराल

    जनताले महसुस गर्नेगरि काम गर्नेछु : गणेश बराल


    इलाम : आसन्न प्रतिनिधी र प्रदेश सभा सदस्य निर्वाचनको लागि उम्मेद्धारहर मत माग्न मतदाताको घरदैलोमा पुगीरहेका छन । इलाम क्षेत्र नम्वर दुईको क मा एमालेबाट उम्मेद्धार बन्नु भएका गणेश बरालले मत माग्न व्यत हुनु हुन्छ । जिल्ला समन्वय समिति इलामका निवर्तमान प्रमुख बरालले आफ्ना एजेन्डा सहित आफ्नो निर्वाचन क्षेत्रमा मत माग्न मतदाता माझ पुगिरहनु भएको छ । प्रदेश प्रति उत्पन्न भएको घृणालाई अन्तय गर्न ध्यान दिदै त्यसलाई चिर्न प्रदेशको साधारण खर्चमा मितब्ययीता अपनाउन आवाज उठाउन, हाल सम्म नाम राख्न नसकेको प्रदेशको बहुपहिचान झल्काउने नाम राख्न प्रयत्न गर्ने बताउनु हुन्छ । मझौला भौतिक बिकास र तत्काल जनता लाई सम्बोधन गर्ने बिकासका काममा सहयोग र अगुवाइ गर्दै मानव समसाधन बिकासमा जोड सहित समग्र क्षेत्रको बिकासमा जोड दिने बताउनु हुन्छ । पार्टीले अगाडी सारेका प्रतिबद्धता पूरा गर्न लाग्ने तथा दिगो बिकासका आधारभूत पुर्बाधर, स्वास्थ, शिक्षा, पर्यटनको बिकास गर्दै कृषिलाई व्यवसायिक र बजारीकरणको ब्यबस्थापनमा लाग्ने बरालका प्रतिवद्धताहरु छन । युवा रोजगारको वृद्धि गरि जनताले महसुस गर्नेगरिका गतिविधि गर्ने उहाँको भनाई छ । आफ्नो निर्र्वाचन क्षेत्रका सडकहरुलाई स्तरउन्नति गर्ने बताउनु भएको छ ।
    २०२७ सालमा जीतपुरमा जन्मिनु भएका बराल पार्टीको बिभिन्न पदमा रही सफलता पूर्वक नेतृत्व गर्दै आउनु भएको छ । सार्वजनिक पद धारण गरेका ब्यक्तिले भ्रष्टाचार गर्न हुन्न भन्ने मान्यता राख्ने बराल जनतामाझ निकै सालिन, भद्र र मिजासीलो स्वभावका व्यक्तिको रुपमा चिनिनु हुन्छ ।
    नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य उम्मेद्धवार बन्नु भएका बराल र लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्धार गोविन्द गिरीबीच मुख्य प्रतिपर्धा हुने देखिएको छ ।
    २०३७ सालमा बाल रेडगार्ड बनेर अनेरास्ववियुको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य हुनु भएका बराल राष्ट्रिय युवा संघको जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष समेत बन्नु भएको थियो । नेकपा एमालेको क्षेत्रिय सदस्य, जिल्ला कमिटी सदस्य, कार्यालय सचिव, जिल्ला सचिव हुँदै प्रदेश कमिटी समस्य बन्दै पाटी राजनितीमा सक्रिय बनीरहनु भएको थियो । २०४९ सालमा मरब क्याम्पसमा स्ववियु सभापती, २०५४ सालमा तत्कालिन जीतपुर गाविसका अध्यक्ष बन्नु भएको थियो । २०७४ सालमा जिल्ला समन्वय समिति प्रमुख बन्नु भएको थियो ।



    Avatar निगरानी संवाददाता    
  • २०७९ कार्तिक ३०, बुधबार १६:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP