logo
  • २०८२ जेष्ठ २ | Thu, 15 May 2025
  • खाना पचेन ? यो हो पचाउने उत्तम उपाय

    खाना पचेन ? यो हो पचाउने उत्तम उपाय

    हरेक मानिस स्वाद अनुसार विभिन्न परिकारका खानेकुरा खान्छन् । खानपानमा रुचि हुनेहरुले आफुलाई मनपर्ने परिकार पाएमा आवश्यकता भन्दा बढि समेत खाने गर्दछ ।अझ खानपानको क्रममा खानेकुराको तालमेल नमिलाई खाइन्छ, जसले अधिकाशंलाई अपच हुने गर्दछ । समय तालिकाअनुसार नियमित खानपिन नगर्ने र लापरवाही गर्ने व्यक्तिलाई पाचन प्रकृयामा समस्या आउँछ र अपच हुने गर्दछ ।

    अपचले शरीरमा पेट दुख्ने, गडबडी हुने लगायतका समस्या देखा पर्न थाल्दछन् । अपच भएसँगै पेटमा गडबडी हुनुका साथै भोक नलाग्ने, शरीरमा भारीपना बढ्ने, छाति पोल्ने गर्दछ ।साथै शरीरका विभिन्न भागमा एैठन समेत हुने गर्दछ । यसरी हुने अपचलाई औषधिले समेत तत्काल नियन्त्रण गर्न सक्दैन । तर यसरी हुने अपचलाई घरेलु उपायबाट नियन्त्रण गर्न भने सकिन्छ ।

    अपच भएर पेटको दुखाइ भएको छ भने २५० मिलिलिटर पानी, ५/६ टुक्रा दालचिनी, ८ चम्चा मरिचको धूलो र २ चम्चा मह तयार पार्ने ।

    उक्त पानीमा दालचिनि राखेर केहि बेर उमाल्ने । उमालिएको पानीमा मरिचको धूलो र मह मिसाउने र खाना खानुभन्दा करीब आधा घण्टा अगाबै एक चम्चा उक्त मिश्रण पिउनाले अपचबाट भएको पेट दुखाई नियन्त्रण गर्छ ।साथै यसले पाचन प्रक्रियालाई समेत सुधार गर्छ । यदि यसरी तयार पारेको मिश्रण पिउँदा पनि अपच र पेट दुखाई नियन्त्रण नभएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।



    निगरानी    
  • २०७६ आश्विन २४, शुक्रबार १०:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP