logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • मेथीको प्रयोगले निको पार्छ यस्ता जटिल रोग

    मेथीको प्रयोगले निको पार्छ यस्ता जटिल रोग

    मेथीको बारेमा सवैलाई थाहा हुनुपर्छ । हरियो हुँदा सागको रुपमा प्रयोग गरिन्छ भने मेथीको फलबाट मसलाको रुपमा प्रयोग गरिन्छ ।

    मेथीलाई तरकारीका रुपमा मात्र प्रयोग गरिँदै आएको भएपनि यसको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । मेथीमा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् । जुन विषयमा यहाँ प्रस्तुत गरिएको छ-

    –स्वाथ्यको दृष्टिकोणले मेथी एकदमै गुणकारी छ । यसले बाथ, पीडा, कफ एवं रुघाखोकी जस्ता रोगलाई निको पार्छ ।


    – यो अचारहरूमा प्रयोग हुनका साथसाथै औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।


    – मेथीमा पाइने ग्लाइकोसाइडको कारण खानामा स्वाद बढाउनुका साथसाथै भोकलाई मेटाउने काम पनि गर्छ ।


    – यसमा धेरै मात्रामा फोस्फेट, लोसिथिन, भिटामिन एवं आइरन पाइन्छ जसले हाम्रो शरीरको आवश्यकताहरू पूरा गर्न मद्दत गर्दछ ।


    – यसका पातहरूमा दालबराबरको प्रोटिन पाउन सकिन्छ ।


    –मेथीले कब्जियत भगाउनुका साथसाथै जोर्नी दुखाईमा पनि आराम दिन्छ ।


    –यसले एसिडिटी, अपच, ग्यास, पेटको दुखाई, खोकी, जलन आदिमा एकदमै लाभदायक हुन्छ ।


    – मेथीको बिउमा प्रोटिन, सेल्युलोज, स्टार्च, सुगर, क्याल्सियम, फोलिक एसिड, भिटामिन ए, बी,सी जस्ता पोषकतत्व हरू पाउन सकिन्छ ।



    निगरानी    
  • २०७६ कार्तिक १, शुक्रबार १०:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP