logo
  • २०८३ जेष्ठ २, शनिबार | Sat, 16 May 2026
  • नेपालमा ४० लाख व्यक्तिमा बाथ रोग

    • निगरानी
    • २०७६ कार्तिक ९, शनिबार ०९:२१ गते
    नेपालमा ४० लाख व्यक्तिमा बाथ रोग

    काठमाडौं– पछिल्लो समय नेपालमा बाथ रोगीहरु बढ्दै गएको राष्ट्रिय बाथ रोग सेन्टरले जनाएको छ । नेपालमा ४० लाख बाथ रोगी रहेको चिकित्सकहरुले बताएका छन् ।बाथ रोगका बिरामीमध्य १० प्रतिशतमा ढाडको बाथ रोग भटिने गरेको सेन्टरकी डाक्टर डाक्टर श्वेता नकर्मीले बताइन् । । ढाडको बाथ रोगले मेरुदण्डमा असर पर्ने डा नकर्मीको भनाइ छ । ढाडको बाथ रोग ४५ वर्ष मुनिका पुरुषमा बढी रहेको छ ।

    ढाडको बाथ रोगको लक्षण

    –मेरुदण्ड बिहानीपख दुख्ने,

    – विस्तारै मेरुदण्ड बाङ्गिदै जाने,

    – हात तथा खुट्टाका जोर्नीहरु दुख्ने, सुन्निने,

    –बिहान अरठ्ठो हुने,

    –आखा बारम्बार रातो भएर दुख्ने,

    –कुर्कुच्चाको मुनि वा पछाडी दुख्ने ।

    बाथ रोगको समयमै पहिचान र उपचार गरेको यो रोग निको हुन्छ । तर समयमा उपचार नगर्दा मेरुदण्ड र जोर्नीहरु बाङ्गिने, जोडिने तथा मुटुको भल्बको समस्या, फोक्सोमा जालि पर्ने र मिर्गौलामा पनि असर पर्नसक्ने डा नकर्मीले बताइन् ।

    उनले भनिन, ‘समयमै उपचार शुरु गर्न सकेमा यो रोग नियन्त्रणमा ल्याउन सकिन्छ तर समयमा उपचार गरिएन भने मुटु, फोक्सो र मिर्गौलामा समेत असर पर्छ ।’

    बाथ रोगको समयमै उपचार नगर्ने व्यक्तिको आयु १० वर्ष कम हुने डा नकर्मीको भनाइ छ ।



    निगरानी    
  • २०७६ कार्तिक ९, शनिबार ०९:२१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP