इलाम , असोज १२
इलाम अस्पताललाई सहयात्रा नेपाल संस्थाले स्वास्थ्य उपकरण प्रदान गरेको छ । इलाममा रहेको संस्थाले एक कार्यक्रमका उक्त बीच प्यासेन मनिटर हस्तान्तरण गरेको छ । संस्थाले ५ थान ५ पाराको मल्टिफङ्गसन प्यासेन मनिटर उपलब्ध गराएको जनाएको छ ।
कोभिड कार्यक्रम अन्र्तगत इलाम अस्पताललाई सामाग्री उपलब्ध गराएको संस्थाको संस्थाकी अध्यक्ष हेमकुमारी शिवाले बताउनु भयो । कोभिड १९ महामारी नियन्त्रणमा सहयोग गर्न संस्थाले विभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराउदै आएको शिवाले बताउनु भयो । फेण्डस् अफ युकेकोे आर्थिक सहयोगमा पाँचलाख बराबरको सामाग्री हस्तान्तर गरिएको संस्थाले जनाएको छ ।
सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले अस्पतालमा उपचार गर्न आउने नागरिकको लागि महत्वपुर्ण सामाग्री उपलब्ध गराएको बताउनु भयो । बरालले सहयोगी संस्था फेण्ड अफ युके र सहयात्रा नेपाललाई धन्यावाद ज्ञापन गर्नु भएको छ । अस्पतालका निमित्त प्रमुख डाक्टर विश्रुत सापकोटाले अति नै उपयोगी सामाग्री हस्तान्तरण गरेको भन्दै अस्पतालले सदुप्रयोग गर्ने बताउनु भयो ।
सहयात्राले यस अघि इलाम अस्पताललाई कोरोना परिक्षण र महामारी नियन्त्रणमा सहयोग पुर्याउन एन्टिजेन किट , सक्सन मेसिन , पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपिइ ) लगायतका सामाग्री उपलब्ध गराएको थियो ।
प्रतिक्रिया