इलामकै उत्कृष्ट सामुदायिक विद्यालय भानुभक्त माविको नवनिर्मित भवन तथा स्कुल बस संचालनमा

इलामकै उत्कृष्ट सामुदायिक विद्यालय भानुभक्त माविको नवनिर्मित भवन तथा स्कुल बस संचालनमा


इलाम ।
पश्चिमि इलामको मंगलबारेस्थित भानुभक्त माध्यमिक विद्यालयमा विहिबार एक कार्यक्रमका बीच तीन वटा नवनिर्मित भवन उद्घाटन गरिएको छ । देउमाई नगर पालिकाका प्रमुख सुर्य पोख्रेलले नव निर्मित भवन र विद्यार्थीहरुलाई आवत जावतमा सघाउ पुर्याउन वस उद्घाटन गनुभयो ।
नगरको १४ लाख ९१ ह्जार सहयोग गरी जम्मा १५ लाखमा एक भवन , राष्ट्रपति शैक्षिक सुधार अनुदान १८ लाख र आन्तरिक श्रोत गरी जम्मा ५१ लख ९९ हजारमा दोस्रो भवन र ७२ लाख जिल्ला शिक्षा कार्यालय र देउमाई नगरको अनुदान समेत जम्मा एक करोड ३० लाखमा तेस्रो भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक बासुदेव कट्टेलले जानकारी दिनुभयो ।
यस्तै विद्यार्थीहरुको आवत जावतका लागि विद्यालयले बसको सुधिधा शुरु गरेको छ । नगर प्रमुख पोख्रेलले बसको समेत साँचो हस्तान्तरण गर्नुभएको थियो । देउमाई नगरपालिकाको २० लाख समेत २७ लाखमा बस खरिद गरी संचालनमा ल्याइएको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा नगरपालिकाद्धारा स्थापित नगरप्रमुख छात्रबृत्ति वितरण गरियो । जम्मा चार लाख ५० हजारको छात्रबृत्ति नगरपालिकाले उपलव्ध गराएको थियो । १८ जना विद्यार्थीलाई २५ हजारका दरले वितरण गरिएको थियो । यस्तै बाँकी १३ जना विद्यार्थीहरुलाई विभिन्न व्यक्तित्वको स्मृतिमा छात्रबृत्ति वितरण गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख पोख्रेल , प्रधानाध्यापक बासूदेव कट्टेल समेतका वक्ताले नगर क्षेत्रभीत्र रहेका विद्यालयलाई समय सापेक्ष सुचना प्रविधि मैत्री बनाउन प्रयाश गरिने बताउनुभयो । कार्यक्रममा नाटक साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । यस्तै नयाँ शिक्षक विद्यार्थीको स्वागत र पुराना शिक्षक विद्यार्थीको विदाइ र सम्मान कार्यक्रम समेत रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशचन्द्र खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा पुरस्कृत भइसकेको भानुभक्त माध्यमिक विद्यालयमा हाल प्राविधिक धार सिभिल इञ्जिनियरडि. कक्षा नौ देखि १२ सम्म अध्यापन भइरहेको छ ।